नेपालमा दर्ता भएका विमानले नेपालको आकाशमा इन्टरनेट सेवा उपलब्ध गराउने बाटो खुल्यो अनि आन्तरिक उडानमा के हुन्छ

विमान

तस्बिर स्रोत, Getty Images

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्देशनले नेपालको आकाशमा हुँदै उडन नेपालमा दर्ता भएका विमानमा समेत दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि बाटो खुला गरिदिएको भए पनि उक्त विषयमा आफूहरू टुङ्गोमा पुगिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

इनफ्लाइट कम्युनिकेसन सर्भिसेस (आएफसी) सम्बन्धी एक निर्देशन जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले १०,००० फिटभन्दा बढी उचाइमा रहेर उडान भर्दा इन्टरनेट सुविधा प्रयोग गर्न सकिने गरी अनुमति लिएर वायुसेवा प्रदायकहरूले सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेको छ।

तर त्यस्तो सेवा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको सिफारिस दूरसञ्चार प्राधिकरणमा बुझाउनुपर्ने हुन्छ।