आसाराम बापु: बलात्कार सम्बन्धी मुद्दामा भारतीय गुरूलाई जन्मकैद

आशाराम बापु

तस्बिर स्रोत, Getty Images

एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापुलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ।

पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्।

८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन्।

आसारामले अदालतको पछिल्लो आदेशबारे पुनरावेदन दिने उनका वकिलले बताएका छन्।