नेपालको जनसङ्ख्या

तस्बिर स्रोत, Getty Images

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जनगणनाको पूर्ण प्रतिवेदन तयार पारिसकेको भए पनि “राजनीतिक कारण” ले गर्दा त्यो सार्वजनिक हुन नसकेको बुझिएको छ।

हालै प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको यो निकायले सार्वजनिक गर्ने प्रतिवेदन नेपालको राष्ट्रपति चयनका लागि हुने निर्वाचनसँग पनि जोडिएको छ।

केन्द्रीय तथ्याङ्क विभागबाट राष्ट्रिय तथ्याङ्क कार्यालय बनेको यो निकायका अधिकारीहरूले भने जनगणना प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको दाबी गरेका छन्।

“प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै त्यसलाई सार्वजनिक गर्ने भन्ने योजना हो,” कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले भने, “अब आउँदो हप्तातिर हुन्छ कि।”