नेपालमा विभिन्न कम्पनीका ५२ वटा विमानहरू सञ्चालनमा छन्

तस्बिर स्रोत, RSS

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डूमा आन्तरिक उडानतर्फका जम्मा एक तिहाइ विमानहरूलाई मात्रै पार्किङ गर्ने सहमति भएको बताएका छन्।

यसअघि विभिन्न वायुसेवाका विमान र हेलिकोप्टरहरूलाई काठमाण्डूबाहिर रात्रि बास बसेर पहिलो उडान त्यहीँबाट भर्न प्राधिकरणले निर्देशन दिएको थियो।

तर आफूहरूसँग छलफल नगरी त्यस्तो निर्णय गरिएको भन्दै सबै उडान अवरुद्ध पार्ने चेतावनी दिएका वायुसेवा सञ्चालकहरू बुधवार राति भने पछि हटेका थिए।

सरकारी अधिकारीहरूले राजधानीबाहिरका विमानस्थलमा आवश्यक पूर्वाधार तयार गरेर मात्रै उक्त निर्णय लिइएको बताएका छन्।