• सीमा कटेचा र सेराह बेल
  • बीबीसी न्यूज

पूर्णा सेना
तस्बिरको क्याप्शन,

पूर्णा सेनले राष्ट्रसङ्घका महासचिवले किन केही गर्न नसेकेको भन्दै प्रश्न गरेकी छन्

संयुक्त राष्ट्रसङ्घबारे गोप्य सूचनादाताका आरोपका जाँच बाह्य संयन्त्रले गर्नुपर्ने यौन दुर्व्यवहारसम्बन्धी राष्ट्रसङ्घकी एक पूर्वप्रवक्ताले बताएकी छन्।

आफूमाथि राष्ट्रसङ्घमा गलत व्यवहार भएको आरोप लगाउने एक कर्मचारीलाई पदबाट बर्खास्त गरिएको बीबीसीको एउटा अनुसन्धानले देखाएपछि पूर्णा सेनको प्रतिक्रिया आएको हो।

राष्ट्रसङ्घले त्यस्तो ‘कदम चालेर’ बाह्य संयन्त्रले दिने सुझाव कार्यान्वयन गर्नुपर्ने बताइन्।

राष्ट्रसङ्घले भने ‘‍गोप्य रूपमा वास्तविक सूचना दिने’ व्यक्तिका संरक्षण गर्न र आफ्ना कर्मचारीहरूलाई जबाफदेही बनाउन प्रतिबद्ध रहेको दाबी गरेको छ।