आईसीसी विश्वकप क्वालिफायर: नेपाली क्रिकेट टोलीले जिम्बाब्वेमा सशक्त खेल्न गर्नुपर्ने पूर्वतयारी के हुन्? 

क्रिकेट

तस्बिर स्रोत, CAN

नेपाली क्रिकेट इतिहासमै राष्ट्रिय क्रिकेट खेलाडीहरू महिनाभरि यसरी कहिल्यै व्यस्त हुनु परेको थिएन।

कोभिड-१९ महामारीका कारण हुन नसकेका विश्वकप लिग-२ का खेलहरू सम्पन्न गर्नैपर्ने बाध्यताले गर्दा टोलीले लगातार खेल्नु पर्‍यो। त्यसले नेपाली क्रिकेटलाई निकै फाइदा पुर्‍याएको पनि छ।

लिग-२ को चारवर्षे चक्रको अन्त्यसँगै नेपालको अर्को गन्तव्यको पनि सुरुवात भइसकेको छ, त्यो हो- ‘विश्वकप ग्लोबल क्वालिफायर’।

विश्वकपमा पुग्ने अन्तिम ढोका अर्थात् यो ‘सेमी विश्वकप’ प्रतिस्पर्धा हो, जहाँ नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका, वेष्टइन्डिज वा आयरल्यान्डजस्ता टोलीको सामना गर्नुपर्नेछ। त्यसमा जिम्बाब्वे र नेदरल्यान्डस् त छँदैछन्।