पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालत जाँदै

पाकिस्तान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ।

घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि ल्याइएको छ।

बीबीसी संवाददाता तरहाब असगरका अनुसार प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका छन्।

जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए।