रुस: अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जीपछि भ्लादिमिर पुटिन गिरफ्तार होलान्?

पुटिन

तस्बिर स्रोत, Reuters

द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि त्यो एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो।

संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई युक्रेनमा भएका युद्ध अपराधका लागि आरोप लगाउन पर्याप्त प्रमाणहरू रहेका छन्।

तर यस्ता मुद्दालाई अघि बढाउन व्यावहारिक र स्रोत साधनसम्बन्धी ठूला समस्या देखा पर्ने गर्छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयको स्वागत गरेका छन्।