की ह्वुई क्वान: ओस्कर विजेता अभिनेता भन्छन्, ‘मेरो यात्रा डुङ्गाबाट शुरू भएको थियो’

की ह्वुई क्वान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

की ह्वुई क्वानले एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्सबाट उत्कृष्ट सह अभिनेताको पुरस्कार जितेका हुन्

“आमा, मैले भर्खरै ओस्कर जितेँ! उनीहरू भन्छन् कि यस्तो कथा चलचित्रमा मात्रै हुने गर्छ। म विश्वास गर्न सकिरहेको छैन् कि यो मेरो हकमा भइरहेको छ।”

भावुक भएका की ह्वुई क्वानले लस एन्जलसमा भएको ९५औँ ओस्कर समारोहमा गहभरि आँसु पार्दै यी धारणा राखेका हुन्।

आफ्नी आमा र परिवारका बाँकी सदस्यलाई धन्यवाद दिँदै भियतनामी मूलका अमेरिकी अभिनेताले उक्त सम्मान आफ्नी श्रीमतीलाई समर्पित गरे।

“म सबैथोक मेरो जीवनकी मायालु, मेरी श्रीमती एको, जसले मलाई २० वर्षसम्म प्रत्येक महिना र वर्ष एक दिन मेरो समय आउँछ भनेर निरन्तर भनिरहिन्, तिनलाई समर्पित गर्न चाहन्छु,” उनले भने।