तस्बिरको क्याप्शन,

पूर्वराजा ज्ञानेन्द्र शाहको फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको ‘हस्तक्षेप’ भएको आरोप कमल थापाले सार्वजनिक रूपमै लगाएपछि पूर्वराजा शाहका एकजना सहयोगीले त्यसलाई थापाको ‘पराजित मानसिकता’ बताउँदै राजाले त्यस्तो कुनै चासो नलिएको बताएका छन्।

बीबीसीसँग कुरा गर्दै शाहका सचिव फणिराज पाठकले भने, “जनताको चाहना अनुसार भनेर वहाँले नारायणहिटी र सम्पूर्ण कुरा (छाडेको बेला) एउटा पार्टीको विषयमा को अध्यक्ष बन्ने र को नबन्ने भन्ने बिषयमा लाग्ने प्रश्न नै छैन।”

पाठकले यतिखेर ‘राजालाई दल नभइ दलहरूलाई राजा आवश्यक भएको’ आफूहरूले महसुस गरिरहेको बताए।

“विभिन्न दलमा, त्यहाँका नेताहरूले गरेका भाषण र कुराकानी मध्यनजर गर्दाखेरी देशको वर्तमान परिप्रेक्षमा राजा कुनै न कुनै किसिमबाट आवश्यक छ अभिभावकीय भूमिकाका लागि भन्ने देखा परिराखेको (मैले) देख्छु,” उनले भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *