तस्बिर स्रोत, Getty Images

अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ।

यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन्।

एक विज्ञले B.1.1.529 भनिएको उक्त भेरिअन्टलाई “हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब” भनेका छन् र यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।

सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *