स्वशासित सार्वजनिक संस्थामा कार्यरत शिक्षक र कर्मचारीहरूलाई प्रत्यक्ष्य पार्टीगत राजनीतिमा संलग्न नहुन निर्वाचन आयोगले दिएको निर्देशनप्रति शिक्षकहरूको सङ्गठनले असन्तुष्टि जनाएका छन्।

केही संस्थाहरूको जोड ती संस्थाहरूको स्वतन्त्रता वा कुनै व्यक्तिको राजनीतिक आस्थालाई निषेध गर्न नमिल्ने भन्ने रहेको छ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका शङ्कर अधिकारीले राजनीति समाज, क्षेत्र र विचारसँग जोडिने विषय भएकाले यसबाट शिक्षकलाई बर्जित गर्न नमिल्ने मत व्यक्त गरे।

“शिक्षकहरू शिक्षण पेसा र विकासमै जोड दिनु पर्ने कुरा सही हो। तर संविधानले कसैलाई पनि राजनीतिक पार्टीमा आस्था राख्न नपाउने भन्दैन। कुन संविधानमा टेकेर ऐन बनाइयो र केको आधारमा निर्णय गरियो थाहा छैन,” अधिकारीले बीबीसीसँग भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *