तस्बिर स्रोत, RSS

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै गरिरहेको विरोधका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।

त्यस्तै प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि कार्यक्रममा बारको सहभागिता नरहने निर्णय बारको मङ्गलवार बसेको बैठकले गरेको छ।

”[मङ्सिर] ३ गते शुक्रवारसम्म प्रधानन्यायाधीशको राजीनामा नआएमा १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि समेत खटाई बृहत् विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ,” बार उपाध्यक्ष रक्षा बस्यालले भनिन्।

त्यस्तै शुक्रवार संसद्‌मा रहेका सबै राजनीतिक दलहरूको संसदीय दलमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने र प्रधानन्यायाधीश बाहेकको संवैधानिक परिषद्को बैठक बोलाउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने समेत बारले निर्णय गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *