तस्बिर स्रोत, RSS

कोभिड-१९ का कारण हाल दैनिक एक-एक उडानमा सीमित भएको नेपाल-भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बीबीसीलाई बताएका छन्।

‘एअर बबल’ भनिने व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुन पाउने व्यवस्था थियो।

मन्त्रालयअन्तर्गत रहेको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेका अनुसार साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रूपमा एअर बबल हटे जस्तै हुनेछ। अहिलेसम्म दुवै देशबाट एक-एक गरी एक सातामा कुल १४ वटा भइरहेका थिए।

“तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप उडानहरू सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *