• स्वेच्छा राउत
  • बीबीसी न्यूज नेपाली

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

गत भदौ ३० गतेदेखि असोज १८ सम्म ‘नेपालको राष्ट्रिय जनगणना २०७८’ अन्तर्गत घर तथा घर-परिवार सूचीकरण र तथ्याङ्क सङ्कलन भयो। जनगणनाअन्तर्गत पहिलो चरणको उक्त तथ्याङ्क सङ्कलनका क्रममा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको शीर्षक बन्यो लैङ्गिक पहिचान किटान गर्न दिइएको विकल्प – ‘अन्य’।

जनगणनामा पहिलो पटक महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको भनिएको थियो।

जनगणनाको दोस्रो चरण कार्तिक २५ गतेबाट सुरु भयो। मङ्सिर ९ सम्म चल्ने यस चरणमा मुख्य गणकहरूले घरघरमा गई हरेक परिवारको विस्तृत विवरण सङ्कलन गरिहेका छन्।

यस चरणमा भरिने मुख्य प्रश्नावलीमा भने लैङ्गिक विवरणको खण्डमा उत्तरको दुईवटा विकल्प – महिला र पुरुष मात्र समाविष्ट छन्। पहिलो चरणको गणनामा भरिएको ‘अन्य’ लैङ्गिक पहिचान खुलाउने व्यवस्था छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *