गमगढी आगलागीः ‘सम्पत्ति जोगाउन सकिनँ, तर नौ वर्षको छोरालाई बाहिर भगाएर बचाएँ’

सोमवार राति मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीमा झन्डै २१ वटा घरमा क्षति भएको बताइएको छ। आगलागीबाट मानवीय क्षति भने भएन।

प्रहरीका अनुसार एउटा घरमा बालेको दियोबाट आगो फैलिएको हो।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकका अनुसार पानीको अभावका कारण मङ्गलवार अपराह्णसम्म पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन र साँघुरो बाटो भएकाले बस्तीमा दमकल लग्न सकिने अवस्था छैन।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बलसहित नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी जुटेका छन्।

आगलागीबाट सर्वस्व गुमाएको बताउने एक महिलाले आफू कसरी जोगिएँ भनेर बताएकी छन्।

त्यहाँको अहिलेको अवस्था कस्तो छ र कसरी आगो नियन्त्रणा ल्याउने काम भइरहेको छ? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *