तस्बिर स्रोत, courtesy: Anup Gauchan Thakali

तस्बिरको क्याप्शन,

आइतवार मुस्ताङमा गएको हिमपहिरो

आइतवार बिहान मुस्ताङमा गएको हिमपहिरोबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार उक्त हिमपहिरोबाट बच्न भागदौडमा परेर घाइते भएकामध्ये केही उपचारपछि घर फर्किएका छन् भने तीन जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ।

वर्षा र हिमपात दुवै नभएका र सुक्खा मौसममा गएकाले उक्त हिमपहिरोलाई कतिपयले “अस्वाभाविक” ठानेका छन्।

तर एकजना हिमनदी विज्ञले उक्त घटनालाई “स्वाभाविक र प्राकृतिक” भएको बीबीसीलाई बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *