• म्याट म्याकग्रा
  • वातावरण संवाददाता

तस्बिर स्रोत, Reuters

ग्लास्गोमा भएको जलवायु सम्झौता पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि एक महत्त्वाकाङ्क्षी प्रयास हो। कोइला सम्बन्धी अन्तिम क्षणमा भएको विवादले यस सम्झौता माथि संशय व्यक्त गरेको छ।

प्रमुख मानिएको कोइला सम्बन्धी प्रतिबद्धताप्रति भारतको विरोधमा चीनले साथ दिएको थियो। उनीहरूले कोइलाजन्य इन्धन ‘पूर्ण रूपमा विस्थापित गर्ने’ नभई ‘चरणबद्ध रूपमा हटाउने’ विषयमा जोड दिएका थिए।

यो व्यवहार भू-राजनीतिक शक्तिको निर्लज्जतापूर्ण प्रदर्शन थियो। जहाँ विकासोन्मुख देशहरू र तटीय तथा टापु राष्ट्रहरूलाई परिवर्तनहरूसँगै अगाडि बढ्नुको विकल्प रहेन।

चीनले एक उल्लेखनीय उपलब्धि प्राप्त गरेको केही दिनपछि उक्त सम्झौता भएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *