तस्बिर स्रोत, RSS

कार्तिकमा आएको असामान्य परिमाणको वर्षाले देशको पूर्वदेखि पश्चिमसम्मै व्यापक जनधनको ठूलो क्षति पुगेको छ। वर्षाले खासगरी धानबालीमा ठूलो मात्रामा क्षति पुर्‍याएका विवरणहरू आइरहेका छन्।

“कतै खडाबाली डुबेका छन् भने कतै काटिसकेका धान डुबेका छन्,” कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।

कृषि मन्त्रालयले देशभरिको क्षति विवरण सङ्कलन गरिरहेको र स्पष्ट तथ्याङ्क आइनसकेको उनले जनाए।

क्षतिको प्रारम्भिक तथ्याङ्क के छ?

हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार लुम्बिनी प्रदेशको १० जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा धानबाली प्रभावित भएको र करिब चार अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी आएको सन्जेलले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *