तस्बिर स्रोत, EPA

अन्तरिक्षमा आफ्नो महत्त्वाकाङ्क्षालाई एक कदम अघि बढाउँदै दक्षिण कोरियाले देशमै निर्मित पहिलो रकेट परीक्षण गरेको छ।

नुरी भनिने “कोरियन स्याटलाइट लन्च भीइकल टु” राजधानी सउल भन्दा ५०० किमी दक्षिणको गोहुङबाट प्रक्षेपण गरिएको थियो।

राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य पूरा नगरेको बताएका छन्।

यस्ता प्रक्षेपणहरू अन्तरिक्ष कार्यक्रमका लागि अपरिहार्य भए पनि सैन्य प्रयोगहरू समेत हुनसक्ने बताइन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *