दशैँ नसकिँदै झमझम पानी पर्न थाल्यो। नवलपरासी, पाल्हीनन्दन गाउँपालिका-२ का मुन्नाप्रसाद गुप्ताको मनमा चिसो पस्यो। किनकि दुई दिन लगातार झरी पर्दा काट्ने बेला भएको धान डुब्न थालेको प्रष्ट देखिन्थ्यो।

उनको घर र खेत बिचको दूरी करिब डेढ किलोमिटर छ।

“म रुझ्दै पटकपटक खेतसम्म पुग्थेँ। पानी अलि कम होला र पानीको निकास गरौँला भन्ने सोच्दासोच्दै धान डुब्यो। तर केही गर्न सकिएन,” गुप्ताले भने।

त्यही धानले छ जनाको परिवारको गुजारा चल्थ्यो। कम्तीमा आठ महिना दोस्रो छाकका लागि चामल खटाउन पर्दैनथ्यो। लहलह भएका धान उनले तिहार र छठपछि आरामले काटौँला भनेर साँचेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *