तस्बिर स्रोत, RSS

गृह मन्त्रालयले देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ८८ पुगेको जनाएको छ।

बाढीपहिरोका घटनामा हराइरहेका मानिसहरू जीवितै भेटिने सम्भावना कम भएकाले मृतकको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार बाढी र पहिरोमा परेर नेपालभरि कम्तीमा ३० जना हराइरहेका छन्।

सरकारको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण बिहीवार अपराह्णसम्म १४ जिल्लामा कम्तीमा ८८ जनाको मृत्यु भइसकेको छ। देशभरि घाइते हुनेको सङ्ख्या २२ जना भएको अधिकारीहरूले जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *