तस्बिर स्रोत, Getty Images

ब्रिटेनको सिक्का निर्माता रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने प्रविधिको विश्वकै पहिलो प्रयोगको योजना सार्वजनिक गरेको हो।

काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूमध्ये २० प्रतिशत मात्रै पुर्नप्रयोग हुने आकलन गरिन्छ।

रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले यो प्रविधिले “विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न प्रभाव पार्ने” बताएका छन्।

रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *