तस्बिरको क्याप्शन,

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका हैजा पुष्टि भएको हो

पश्चिम नेपालको कपिलवस्तुमा केही नमुना परीक्षण गर्दा हैजाको जीवाणु फेला परेपछि त्यसलाई नियन्त्रण गर्न एकीकृत कार्यक्रम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

असोजको मध्ययता त्यहाँ नौ सय जनाभन्दा बढी मानिस झाडापखाला तथा बान्ताबाट प्रभावित भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले उक्त क्षेत्रमा सङ्कलन गरिएकामध्ये चारवटा दिसाका नमुनामा हैजाको जीवाणु “भिब्रिओ कोलरी जीरो वन ओगावा” पाइएको थियो र नौ वटामा इकोली देखिएको जानकारी दिए।

गत वर्षभन्दा यसपालि नेपालमा मनसुन लम्बिएको भए पनि यो नै हैजा पुष्टि भएको पहिलो घटना भएको बताइन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *