तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍ायाएको छ। बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ

नेपालमा जारी वर्षाका कारण देशका विभिन्न नदीमा पानीले सतर्कताको तह पार गरिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले एसएमएस अलर्ट जारी गर्दै ती नदीका तटीय क्षेत्र र खासगरी डुबान भइरहने भूभागका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।

मङ्गलवार बिहान ११ बजेसम्म डडेलधुरास्थित महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखास्थित वरिष्ठ जलविद्‌ विक्रम श्रेष्ठ जुवाका अनुसार कैलालीस्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा र जुम्लास्थित तिला नदी सेरीघाट जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कताको तह नाघेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *