तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

असोज २६ गते सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा एक ५५ वर्षीय व्यक्तिले आफ्नै छोराको हत्या गरेको खबर आयो। दशैँका लागि काटिएको राँगाको मासुबारे विवाद उत्पन्न भएपछि उनले ३३ वर्षीय छोरालाई खुर्पा प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

मृतक चार दाजुभाइमध्ये माइला छोरा हुन्। उनीहरू अंशबन्डापछि भिन्नाभिन्नै बस्दै आएका थिए। तर दशैँका लागि एकै संयुक्त रूपमा राँगा काटेका थिए। मासु भाग लगाउँदा उनको चित्त बुझेन। आफ्नो भागमा हड्डी मात्र राखिदिएको भन्दै उनी आफ्ना बुवासँग रिसाए र गाली गरे।

आफूसँग दुर्व्यवहार गरेको भन्दै बुवाले प्रहरी बोलाउने चेतावनी दिएका थिए। तर बोलाएनन्। सोही दिन राति छोरा फेरि बाबुआमा बस्ने घरमा पुगे। मादकपदार्थ सेवन गरेका उनले बुवालाई गिज्याउँदै सोधेः ‘खोइ त तेरो पुलिस, बोलाइनस्?’

“छोराले पटकपटक जिस्काएपछि उनलाई असह्य भएछ। मादकपदार्थ सेवन गरेका उनी पूर्ण होसमा थिएनन्। दलिनमा झुन्डाएको खुर्पा निकालेर छोराको गर्धनमा प्रहार गरे,” प्रवक्ता पौडेलले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *