तस्बिर स्रोत, AFP

भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ।

यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।

वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।

खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *