तस्बिर स्रोत, Getty Images

छ दशकअघि अमेरिकी जासुसी संस्था सीआईएका केही विशेष गुप्तचरहरू एउटा महत्त्वपूर्ण अभियानलाई अन्तिम रूप दिन सक्रिय थिए।

त्यो अभियानको उद्देश्य रुसी अन्तरिक्ष यान लूनाको पार्टपुर्जा खोलेर त्यसको तस्बिर लिनु थियो। अनि रुसी अधिकारीहरूले पत्तो नपाउने गरी त्यसलाई यथास्थितिमा छोडिदिनु थियो।

किनभने त्यो अभियानबारे अरूले थाहा पाउँदा सोभियत सङ्घसँग ‘अन्तरिक्ष प्रतिस्पर्धा’ गरिरहेको पश्चिमी जगत्‌का लागि त्यसले लाजमर्दो अवस्था सिर्जना गरिदिन्थ्यो।

त्यही भएर अमेरिकाले त्यो अभियानलाई गुप्त रूपमा सम्पन्न गर्नु अनिवार्य मान्यो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *