तस्बिर स्रोत, Getty Images

म्यानमारमा गएको फेब्रुअरीमा सत्ता हत्याएका सैनिक जनरललाई यसै महिनाको अन्त्यमा हुने एउटा वार्षिक सम्मेलनमा सहभागी नगराउने निर्णय गरिएको छ।

दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)ले जनरल मिन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति गरेको हो।

सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको यो अभूतपूर्व किसिमको निर्णय हो।

आसियानले म्यानमारको द्वन्द्व अन्त्य गर्न सेनाले पर्याप्त नगरेको बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *