बहुसङ्ख्यक नेपालीले मनाउने बडादशैँको दशौँ दिन शुक्रवार धेरैले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।

नेपालका कतिपय क्षेत्रमा विजयादशमीबाट असोज शुक्ल पूर्णिमासम्म पाँच दिनसम्मै टीका लगाउने प्रचलन छ।

विशेषगरी पश्चिमी क्षेत्रमा दशमीको एक दिन मात्र टीका लगाएर आशीर्वाद दिने चलन छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

एकआपसमा दशैँको दिन टीका लगाउँदै तनहुँको देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक

दशैँको शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दशैँले आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *