• प्रकाश पन्त
  • सुर्खेत

तस्बिर स्रोत, Ram Chandra Neupane

देशभरि टीकाको एउटै साइत भए पनि डोल्पाको त्रिपुराकोटवासीले भने आफ्नै साइतमा दशैँको टीका लगाउने गर्छन्।

त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दशैँको टीकाजमरा लगाउदै आएका छन्।

नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने त्रिपुरासुन्दरी मन्दिरमा परापूर्वकालदेखि नै डोल्पाको त्रिपुराकोटवासीले घटस्थापनादेखि दर्शैँका दिनसम्म सबै विधि र प्रक्रिया पूरा गरेर देवी देवताको पुजाआजा गर्ने चलन छ ।

देउताको बढी महत्त्व र विश्वास

देउताको बढी महत्त्व र विश्वास गर्ने भएकोले सबै देवीदेवताको पूजा गरेर सकिएपछि मात्रै गाउँलेको दशैँको टीकाको साइत खुल्ने श्रीबाबा त्रिपुरासुन्दरी देवी भगवती मन्दिरका पुजारी यज्ञप्रसाद न्यौपाने बताउँछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *