तस्बिर स्रोत, Pradeep Bashyal/BBC

डेढ वर्षभन्दा बढी समय ठप्प बनेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा तङ्ग्रन खोजिरहेको छ।

पर्यटन अधिकारीले त्यसको माहौल बनाउनका लागि कर्मचारीहरूलाई पर्यटन काज दिने एउटा सरकारी कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

नेपालको कुल ग्रार्हस्थ उत्पादनमा १० प्रतिशत हाराहारीको योगदान र विदेशी मुद्रा आर्जनको दोस्रो प्रमुख स्रोतको रूपमा रहेको पर्यटनलाई अहिलेसम्म विदेशीमा मात्र धेरै भर पर्ने गरिएको बताइन्छ।

बीस लाख विदेशी पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना बोकेको भ्रमण वर्ष २०२० ले सुरुमै कोभिडको झट्का व्यहोरेपछि त्यो वर्ष दुई लाख हाराहारीमा मात्र विदेशी नेपाल आए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *