तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

आफ्ना बुवा एवम् वर्तमान डच राजासँग युवराज्ञी अमालिआ

द नेदरल्यान्ड्समा सन् २००१ देखि नै समलिङ्गी विवाह वैधानिक छ, तर राजगद्दीका उत्तराधिकारीमा त्यो लागु नहोला कि भन्ने अनुमान थियो।

अहिले आएर कामचलाउ प्रधानमन्त्री मार्क रुटले भावी राजा वा रानीले पनि समलिङ्गी बिहे गर्न सक्ने स्पष्ट पारेका छन्।

डच राजगद्दीकी वर्तमान उत्तराधिकारी युवराज्ञी अमालिआ डिसेम्बर महिनामा १८ वर्षकी हुनेछिन्।

संसद्‌मा आफ्नै दलबाट सोधिएको प्रश्नको लिखित जबाफ पठाउँदै उनले भनेका छन्, “उत्तराधिकारी अथवा राजाले समलिङ्गी बिहे गर्न चाहेमा राजगद्दी त्याग्नुपर्ने कारण मन्त्रिपरिषद्‌ले देख्दैन।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *