नेपालमा पछिल्ला वर्षहरूमा मासुका लागि खसी, बोकाको आयात घट्दो क्रममा देखिएको सरकारी अधिकारीहरूले बताएका छन्।

पशु सेवा विभागका अनुसार विगत डेढ दशकअघिको तुलनामा अहिले निकै कम सङ्ख्यामा खसी, बोका आयात हुने गरेको तथ्याङ्कले देखाउँछ।

सरकारले उन्नत नश्ल उत्पादन एवं बजारीकरण लगायतका क्षेत्रमा सहयोग गरे केही वर्षभित्रै देशलाई खसी, बोकाको मासुमा आत्मनिर्भर बनाउन सकिने बाख्रापालन गर्ने किसानहरू बताउँछन्।

विभागस्थित वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालका अनुसार आर्थिक वर्ष ०६२/६३ देखि ०७४/०७५ सम्म बर्सेनि दुई लाखदेखि पाँच लाखसम्मको सङ्ख्यामा नेपालमा खसी, बोका आयात हुन्थ्यो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *