तस्बिर स्रोत, Getty Images

ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूह जी२० का सदस्यहरूले अफगानिस्तानमा आर्थिक सङ्कट आउन नदिने वाचा गरेका छन्।

जर्मन चान्सलर एङ्गेला मर्कलले अफगानिस्तानलाई “अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने” बताएकी छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिवले गरेको एउटा आग्रहपछि जी२० का नेताहरूको भर्चुअल बैठक बसेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले सत्तारूढ तालिबानमार्फत्‌ नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत्‌ सहायता उपलब्ध गराइनुपर्नेमा जोड दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *