तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

दुर्घटनाग्रस्त सवारी साधनको फाइल फोटो

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उक्त दुर्घटनामा घाइते भएका र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका मध्ये थप चारजनाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ।

मुगुका प्रजिअ महतले भने, “शवहरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *