• प्रकाश पन्त
  • सुर्खेत

तस्बिर स्रोत, Lal Bahadur Khatri

वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन देवतालाई अनिवार्य रूपमा बलि चढाउने गर्छन्।

अरू समुदायमा अष्टमीका दिन बलि दिने चलन भए पनि राउटे समुदायमा भने नवमीमा खसीबोका वा बाख्राको बलि दिने चलन रहेको छ।

बलिको लागि आवश्यक खसीबोका, बाख्रा, कुखुरालगायत अन्य आवश्यक सामानहरू औँसीको दिनभित्रै उनीहरूले किनिसक्छन्।

बलि दिनको लागि चाहिने खसीबोका, बाख्रा, कुखुरा राउटेहरूले औँसीको दिन भन्दापछि किन्दैनन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *