तस्बिर स्रोत, Getty Images

अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन्।

अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन्। वार्ता कतारमा भएको थियो।

सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ।

अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *