अडिओ क्याप्शन सुरु हुँदैछ,

राजीनामा बारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले के भने?

सांसद नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको पछिल्लो मन्त्रीपरिषद् पुनर्गठनमा मन्त्री नियुक्त भएका गजेन्द्रबहादुर हमालले राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

उनका भाइ विजेन्द्र हमालले बीबीसीलाई भने “मैले लगेर प्रधानमन्त्रीलाई दाजु गजेन्द्रको राजीनामा बुझाएको छु।”

बीबीसीसँग कुरा गर्दै हमालले आफ्नो नियुक्तिलाई लिएर व्यक्तिगत रूपमा विवादमा तानेपछि राजीनामा गर्ने घोषणा गरेको बताएका थिए।

हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *