• फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, NAMKHA VILLAGE MUNICIPALITY

तस्बिरको क्याप्शन,

चीनले सीमा क्षेत्रमा ११ वटा भवन निर्माण गरेपछि विवाद सतहमा आएको थियो

चीनले नेपालसँग सीमासम्बन्धी विषय हेर्ने परिपक्व संयन्त्रहरू आफूसँग रहेको भन्दै तीनको उपयोग गरेर सीमा सहकार्यलाई अभिवृद्धि गरिने बताएको छ।

पश्चिम नेपालको हुम्लास्थित सीमा क्षेत्रको स्थलगत अध्ययन गरेको नेपाली प्रतिनिधिमण्डलको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पुगेका बेला काठमाण्डूस्थित चिनियाँ दूतावासको पछिल्लो टिप्पणी आएको हो।

उक्त समितिले त्यस क्षेत्रमा देखिएका ‘समस्याहरूको’ संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान खोज्न सुझाव दिएको थियो।

चिनियाँ पक्षले नाम्खा गाउँपालिकाको लिमी लाप्चा नजिकैको क्षेत्रमा भवनहरू निर्माण गरेका विवरण अघिल्लो साल आएपछि पहिलो पटक त्यसरी स्थलगत अध्ययन गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *