• राघवेन्द्र राव
  • बीबीसी संवाददाता, नयाँ दिल्ली

तस्बिर स्रोत, PRAKASH SINGH/AFP via Getty Images

शुक्रवार भारतीय वायु सेनाले आफ्नो ८९ औँ स्थापना दिवस मनाउँदा राजधानी दिल्लीसँग जोडिएको हींडन एअरबेसमा भारतीय सेनाले आफ्नो शक्ति प्रदर्शन गर्‍यो।

त्यसमा बोल्दै वायु सेनाका नवनियुक्त अध्यक्ष एअर चीफ मार्शल वीआर चौधरीले आफूले महत्त्वपूर्ण समयमा जिम्मेवारी सम्हालेको भन्दै बाहिरी शक्तिहरूलाई आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन गर्न नदिइने भारतले देखाउनुपर्ने धारणा राखेका थिए।

चीन र भारतबीच लामो समय यता जारी तनावका माझ चीनले तिब्बत क्षेत्रमा तीनवटा हवाई अड्डामा आफ्नो वायु सेना तैनाथ गरेको भारतीय वायु सेना अध्यक्षले नै बताइसकेका छन्।

अघिल्लो साता मात्रै उनले आगामी १०-१५ वर्षभित्र भारतीय वायु सेनालाई आफ्ना लडाकु स्क्वाड्रेन (सेनाको हवाई इकाइ)को स्वीकृत सङ्ख्या कायम गर्न सम्भव नहुने धारणा राखेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *