तस्बिरको क्याप्शन,

शिवराज अस्पतालमा उपचाररत बिरामी

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका तीनवटा वडामा हैजा फैलिएको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले आशङ्का गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर चौधरीले परीक्षण गरिएकामध्ये दिसाको एउटा नमुनालाई हैजाको ‘आशङ्का’मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउन लागिएको बीबीसीलाई बताएका छन्।

“पुष्टिका लागि सीरोटाइपिङ्ग गर्नुपर्ने भएकोले र हामीकहाँ हुने अवस्था नरहेकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागेका हौँ,” उनले भने।

उनका अनुसार जिल्लाबाट प्राप्त कुल पाँचवटा नमुनाको त्यहाँ परीक्षण गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *