भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश मामिला प्रमुखले नेपाल भ्रमण गरेको डेढ महिनापछि उक्त दलको निमन्त्रणामा नेपालको सत्तारुढ दलका तीनजना नेताहरू भारत भ्रमणमा जान लागेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका भनिएका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जान लागेका हुन्।

दुवै देशको पार्टी-पार्टीबीचको सम्बन्ध बढाउँदा ‘बुझाइको स्तर’ बढ्ने भन्दै यो भ्रमणको उद्देश्य सम्बन्ध विकास रहेको टोली नेताले बताए।

सहमहामन्त्री महतले भने, “पार्टीको नेतृत्व तहमा एकअर्काका चासो र चिन्तालाई बुझ्न सजिलो हुन्छ, कतिपय विषयमा साझा दृष्टिकोण बनाउन सजिलो हुन्छ, अन्डर्स्ट्यान्डिङ लेभल बढ्छ। त्यही पार्टीको नेतृत्व सरकारमा हुँदा त्यहाँ पनि त्यसको रिफ्लेक्सन हुन्छ र सम्बन्धमा विश्वास बढ्छ भन्ने हो।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *