तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

संयुक्त राष्ट्रसंघले सन् २०१९ को तुलनामा सन् २०२२ मा म्यान्मारमा गरिबीको तह दोबरले बढ्ने जनाएको छ।

राजनीतिक अस्थिरताका कारण ओरालो लागेको अर्थतन्त्र र महामारीका कारण लगाइएका प्रतिबन्धले म्यान्मारका गरिबहरूले भोकमरीको सामना गरिरहेका छन्।

“सहायता समूहले दिने खानेकुरा लिनका लागि म लाइनमा बसेको थिएँ। आधा घण्टाभन्दा धेरै कुरेँ तर मेरो पालो आउनुअघि नै खानेकुरा सकियो,” आँसु पुछ्दै म वेले भनिन्।

“म रित्तो हात फर्किएँ। चार वर्षीया छोरीलाई केही खुवाउन पाइनँ भन्ने लाग्यो,” उनले भनिन्।

मध्य म्यान्मारस्थित मोन्याकी ४२ वर्षीय म वे धनी परिवारका घरमा सरसफाइको काम गर्ने गर्थिन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *