तस्बिर स्रोत, Reuters

नेपालमा १२ देखि १७ वर्षका बालबालिकालाई दिइने खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।

नेपालले हाल फाइजर र मोडेर्ना खोप आयात गर्नका लागि पहल अघि बढाएको बताइएको छ।

”मोडेर्नाको हामीले शुल्क तिरिसकेका छौँ। फाइजरसँग हामी अहिले एकदम घनीभूत छलफलमा छौँ,” स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहाल भने।

गत अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले जनाएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *