• गनी अन्सारी
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, RSS

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको एउटा फैसलालाई अभिव्यक्ति स्वतन्त्रताको दिशामा ‘महत्त्वपूर्ण कदम’ भन्दै धेरैले प्रशंसा गरिरहेका छन्।

कान्तिपुर दैनिक पत्रिका तथा डा. गोविन्द केसीविरुद्ध दायर मुद्दामा गत माघमा सुनाइएको फैसलाको पूर्णपाठ अदालतले मङ्गलवार सार्वजनिक गरेसँगै त्यसबारे निकै चर्चा भइरहेको छ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, दीपकुमार कार्की, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित बृहत्‌ पूर्ण इजलासले अवहेलनासम्बन्धी मुद्दामा फैसला सुनाएको थियो।

सो इजलासले न्याय सम्पादनमा अवरोध पुर्‍याउने र अदालतको आदेश वा फैसलाको अवज्ञा गर्ने कार्य मात्रै अवहेलना हुने स्पष्ट पारेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *