• ‏बिक्रम निरौला
  • विराटनगर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

चूडामणि उप्रेतीलाई सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएको थियो। (फाइल तस्बिर)

चार वर्षअघिको एउटा चर्चित “३३ किलो सुन तस्करी प्रकरण” र त्यसमा जोडिएको हत्यासम्बन्धी मुद्दामा संलग्न ८ जनालाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ।

उक्त मुद्दामा जोडिएका नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूसहित ४८ जनाले भने अदालतबाट सफाइ पाएको बताइएको छ।

२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको भनिएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो।

उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौँ मानिसहरूको संलग्नता देखिएको प्रहरीले दाबी गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *