• प्यान्डोरा पेपर्स रिपोर्टिङ् टीम
  • बीबीसी पानोरोमा

जोर्डनका राजाले गोप्य रूपमा १० करोड डलर (११ अर्ब ८४ करोड रुपैयाँ) भन्दा बढी खर्च गरेर यूके र अमेरिकामा घरजग्गा जोडेको खुलासा भएको छ।

राजा अब्दुल्लाह बिन अल हुसेनले सन् १९९९ मा सत्ता सम्हालेयता १५ वटा घर खरिद गर्न प्रयोग गरेका गोप्य संस्थाहरूबारे चुहिएका दस्ताबेजले यस्तो खुलासा गरेका हुन्।

राजा अब्दुल्लाहका वकिलले उनको व्यक्तिगत सम्पत्ति प्रयोग गरी घरहरू किनिएको भन्दै अफशोर कम्पनीहरू प्रयोग गरी त्यसो गरिनु अनुपयुक्त नरहेको बताएका छन्।

जोर्डनले उल्लेख्य रूपमा अमेरिका र यूके सहितका देशबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *