तस्बिरको क्याप्शन,

फाइल तस्वीर

अन-अराभइल भिसा खुलालगायत सरकारले चालेका पछिल्ला कदमसँगै नेपालको पर्यटन उद्योग पुनः तङ्ग्रिने दिशामा जाने व्यवसायीहरूले विश्वास लिएका छन्।

सरकारले हालै अन-अराभइल भिसा खुला गर्दै कोभिड-१९ महामारीका कारण लगाइएका कतिपय प्रतिबन्धात्मक नियम केही खुकुलो पारेको थियो।

अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० को सेप्टेम्बरमा जम्मा ५८४ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ को सोही महिनामा ९,८९८ जना पर्यटकको आगमन भएको छ।

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप शुरू हुनुअघि सन् २०१९ को सेप्टेम्बरमा ९२,६०४ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *