तस्बिर स्रोत, K P Oli Secretariat

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय, प्रदेश र सङ्घीय तहका चुनावमा केन्द्रित हुन पार्टीको सम्पूर्ण निकायहरूलाई निर्देशन दिएका छन्।

पार्टीको विधान महाधिवेशनको समापन समारोहमा सम्बोधन गर्दै उनले अव हुने ती चुनावहरूमा आफ्नो दल नै विजयी हुने बताए।

नेकपा एमालेमा केही समय पहिले देखिएको विभाजनले ठूलो असर नगर्ने भन्दै ओलीले आफ्ना विपक्षीहरूले गर्नसक्ने ‘धाँधली’ बारे सतर्क रहन भनेका थिए।

नेकपा एमालेले आगामी मङ्सिरमा पार्टीको नयाँ नेतृत्व चयनका लागि दशौँ महाधिवेशन गर्दैछ र त्यसअघि नै जिल्ला र स्थानीय तहको नेतृत्व छनौटका लागि अधिवेशनहरू हुनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *